२४ लाख खोप कहाँ हरायो ? सांसद अधिकारी भन्छन्-‘निःशुल्क बनाएको भनेर भ्रमको खेती कहिलेसम्म चल्छ ?’

जेठ २९, काठमाण्डौ । पूर्वस्वास्थ्यमन्त्री एवं एमाले सांसद खगराज अधिकारीले २४ लाख खोप हराएको बारे तत्काल जवाफ दिन संसदमा माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै अधिकारीले प्रश्न गरे, ‘२४ लाख खोप कहाँ गयो हामीले उठाइरहेका छौं, समितिमा उठाएका छौं, प्रधानमन्त्रीकहाँ डेलिगेसन गएर पनि बताएका छौं। त्यो कम्पनी, कमिसनबाटै हराएको हो ? जवाफ चाहिँदैन ?’

उनले आफू स्वास्थ्यमन्त्री हुँदै १३८ वटा औषधिलाई निःशुल्क बनाएकोमा अहिले सरकारले आफूले निःशुल्क बनाएको भनेर भ्रमको खेती गरिरहेको आरोप लगाए । ‘यहाँ त के–के नै चमत्कार गरेझैं भ्रमको खेती गरिएको छ, म शेरबहादुर तामाङले राखेको खर्च कटौतीको समर्थन गर्छु,’ उनले भने ।

संम्बन्धित समचार

Leave a Comment