आज सुनको मूल्य स्थिर,चाँदी घट्यो, तोलाको कति ?

असार २४, काठमाडौ । नेपाली बजारमा सुनको मूल्य शुक्रबार स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार पनि सोही मूल्यमा किनबेच भएको थियो।

सो दिन ४ सयले घटेर प्रतितोला सुनको मूल्‍य ९४ हजार ६ रुपैयाँ कायम गरिएको थियो । त्यसअघि बुधबार सुनको मुल्य प्रतितोला ९६ हजारमा कारोबार भएको थियो। सो दिन १ हजार ६ सयले घटेको थियो । आज तेजावी सुनको मूल्य तोलाको ९४ हजार १०० कायम भएको छ । यसको अघिल्लो दिन पनि सोही मूल्य तोकिएको थियो । यसदिन चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासं‌घले जनाएको छ। बिहीबार १० रुपैयाँले बढेर प्रतितोला एक हजार १८५ रुपैयाँ पुगेको थियो।

संम्बन्धित समचार

Leave a Comment