होटल एलिस द अन्डर इन सञ्चालनमा आउँदै

भाद्र २, काठमाण्डौ । होटल एलिस द अन्डर इन सञ्चालनमा आउने भएको छ । इमजिङ्ग नेपालको लगानीमा निर्र्माणकार्य भईरहेको होटल एलिस आगामी महिनादेखि सञ्चालनमा आउने भएको हो । कर्णाली प्रदेशको हुम्ला जिल्ला सिमिकोट स्थित निर्माण भएको होटल होटल एलिस ख्यातिप्राप्त धार्मिक स्थल मानसरोवर जाने प्रवेशद्धारमा पर्दछ । हुम्ला आफैमा पर्यटकीय स्थल रहेकाले पर्यटनको लागि रमणीय स्थलहरु रहेका छन् । पर्यटकीय दृष्टिकोणले निकै नै रमणीय रुमामा रहेकोले आन्तरिक तथा बाह्य पर्यटकको लागि अति नै लोभलाग्दो दृष्य रहेको छ ।

होटलले आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि विभिन्न ट्राभल एजेन्सीहरु मार्फत व्यक्तिगत, कर्पाेरट प्याकेज सहितको सेवा प्रदान गर्ने जनाएको छ । मानसरोवर जाने तिर्थयात्रीहरुको लागि हुम्लाको सिमिकोट प्रवेशद्धार भएकाले धार्मीक पर्यटन प्रबद्र्धनमा होटलले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको जनाएको छ । होटल पर्यटन र पारिवारिक जमघटको लागि अती उपयुक्त र रमणीय वातावरणमा सञ्चालन भएकाले पर्वतीय पर्यटन विकासमा कोसेढुंगा हुने होटलले विश्वास लिएको छ ।

संम्बन्धित समचार

Leave a Comment