नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने अनुमान

असोज ६, काठमाण्डौ । एसियाली विकास बैङ्क एडीबी ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत हुने संशोधित अनुमान गरेको छ । यसअघि एडीबीले यस वर्षका लागि ३ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

तर सन् २०२३ का लागि एडीबीले आर्थिक वृद्धिदर घटाएको छ । यसअघि नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने अनुमान गरेको एडीबीले एसियन डेभलपमेन्ट आउटलुक, २०२२ को अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ७ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो ।

संम्बन्धित समचार

Leave a Comment