प्रदेश १ मा एमालेको सरकार बन्ने सम्भावना

पौष १२, काठमाण्डौं । केन्द्रमा माओवादी केन्द्र र एमालेको नयाँ गठबन्धन बनेसँगै प्रदेश १ मा एमाले नेतृत्वमा नयाँ सरकार बन्ने सभावना बढेर गएको छ । केन्द्रीय राजनीतिमा ‘युटर्न’ आएसँगै प्रदेश १ मा अब एमालेको नेतृत्वमा माओवादी, जसपा र राप्रपा गठबन्धनको नयाँ सरकार बन्ने सम्भावना बढेर गएको हो । एमाले संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित भइसकेका छन् । यसैले उनकै नेतृत्वमा प्रदेश १ मा नयाँ सरकार गठन हुने प्रबल सम्भावना छ । किनभने प्रदेश १ मा सबैभन्दा ठूलो दल एमाले नै छ । एमालेले प्रत्यक्षतर्फ २५ र समानुपातिकमा १५ सिट गरी जम्मा ४० सिट जितेको छ ।

दोस्रो ठूलो दल कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १२ सहित जम्मा २९ सिट जितेको छ । माओवादीले समानुपातिकमा चार र प्रत्यक्षमा नौ गरी जम्मा १३ सिट जितेको छ । राप्रपाले समानुपातिकमा चार र प्रत्यक्षमा दुई गरी जम्मा ६ सिट जितेको छ । जनता समाजवादीले समानुपातिकमा एक सिट जितेको छ । जनता समाजवादीले समानुपातिकबाट एक सिट मात्र जितेको छ ।

संम्बन्धित समचार

Leave a Comment