नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिए

माघ ३,काठमाडौँ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज मङ्गलवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले मन्त्री र राज्यमन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरूले शपथ लिएका हुन् । एमालेबाट हरि उप्रेती रक्षा, विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला तथा बालबालिका, ज्वालाकुमारी साह कृषि, राजेन्द्र राई भूमि व्यवस्था सहकारी र दामोदर भण्डारी उद्योग मन्त्री बनेका छन् ।

माओवादीबाट रेखा शर्मा सञ्चार , सुदन किराती संस्कृति पर्यटन, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन, सुशीला श्रीपाली संस्कृति पर्यटन राज्यमन्त्री भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षा, डिपी अर्याल श्रम र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री हुनुभएको छ ।

राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधान एवम् ऊर्जा, ध्रुवबहादुर प्रधान कानुन, विक्रम पाण्डे सहरी विकास र दीपक सिंह ऊर्जा राज्यमन्त्री भएका छन्।

संम्बन्धित समचार

Leave a Reply