पराजुली समाज सुनसरीद्वारा अरुणराज सुमार्गीलाई सम्मान

फागुन १५,सुनसरी । इटहरीमा पराजुली समाजले उद्योगी अरुणराज (पराजुली) सुमार्गीलाई सम्मान गरेको छ । उद्योग बाणिज्य महासंघको चुनावी अभियानमा सक्रिय सुमार्गी इटहरीमा आउदा समाजका सुनसरी अध्यक्ष सन्तोष पराजुलीसहितको कार्यसमितिले सुमार्गीलाई सम्मान गरेको हो । सम्मानपछि बोल्दै सुमार्गीले पराजुली समाज सुनसरीलाई आगामी दिनमा हेटौंडामा निमन्त्रणा गर्दै आफुहरुले आगामी बैशाखमा प्रत्येक पाँच बर्षमा आयोजना गर्ने  सप्ताह यज्ञमा आउन आग्रह गरे । सुमार्गीले देशभरका विभिन्न धर्मशाला,मठमन्दिर,बाटोघाटो,बिद्यालय तथा सामुदायिक भवनसमेत निर्माण गरेको बताउदै आफ्नै समाजको लागि सकेको सहयोग गर्ने बताए । उनले निश्चित योजना बनाएर आउनसमेत समाजलाई आग्रह गरे । उनले आफ्नो परिवारबाट पराजुली समाज सुनसरीलाई उपयुक्त सहयोग रहने वचनबद्दता समेत व्यक्त गरे ।

इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष जीवन पराजुलीसहितको टोलीले सुमार्गीलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष इश्वरी पराजुली समाज प्रदेश-१ का अध्यक्ष गोपाल पराजुली, पुर्व अध्यक्ष तिर्थ पराजुलीलगायत अन्य पराजुली बन्धुहरुको उपस्थिति रहेको थियो । २०५७ देखि स्थापना भएको पराजुली समाजले विभिन्न समाजिक कार्य गर्दै आएको छ ।

समाजले इटहरीमा ३२ लाख बराबरको जग्गा खरिद गरेको छ । अतिथि गृहसहित सभाहल बनाउने समाजको लक्ष्य रहेको छ । यता उद्योग बाणिज्य संघ इटहरीका नवनिर्वाचित अध्यक्ष जिवन पराजुलीले ४० लाख रुपैया समाजलाई प्रदान गरिसकेका छन् । निर्माण हुन लागेको सामुदायिक पराजुली समाज प्रतिष्ठानको भवन सुनसरी जिल्ला कार्यसमिती र प्रदेश १ को संयुक्त दायित्वमा सम्पन्न हुने बरिष्ठ उपाध्यक्ष इश्वरी पराजुलीले अनलाइन केन्द्रलाई बताए । यसो त सुमार्गी परिवारले देशभर विभिन्न समाजिक कार्यमा नेतृत्व गर्दै आएको छ ।

संम्बन्धित समचार

Leave a Comment