सरकारले पशुपतिनाथ मन्दिर सरसफाइका लागि ३ महिने अभियान सञ्चालन गर्ने

फागुन १५,काठमाडौँ । सरकारले पशुपतिनाथ मन्दिर सरसफाइका लागि ३ महिने अभियान सञ्चालन गर्ने भएको छ ।

सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रालयमा पत्रकारहरूसँग भेटघाट गर्दै मन्त्रालयले पशुपतिनाथ मन्दिर सरसफाइका लागि ३ महिने अभियान सञ्चालन गर्न लागेको बताएका छन् । उनले आउँदो शनिवारदेखि पशुपति सरसफाइको अभियान सुरु हुने र त्यसमा मन्त्रालय मातहतका सबै कर्मचारीसहित आफ्नो अध्यक्षतामा त्यो अभियान सञ्चालन गर्न लागिएको बताए ।

कार्यक्रममा बोल्दै मन्त्री किरातीले पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि जगमान गुरुङको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरिएको पनि जानकारी दिए ।

मन्त्री किरातीले आफू मन्त्रीको रूपमा आइसकेपछि विमानस्थलको सरसफाइ र व्यवस्थापकीय कुराहरूमा सुधार ल्याएको बताए । त्यस्तै नागरिक उड्डयन प्राधिकरण क्षेत्रमा महिला हिंसाका घटनाहरू घटिरहेका भन्दै महिलाविरुद्ध हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गर्न लागिएको उनले बताए ।

त्यस्तैगरी फेब्रुअरी ७ मा ग्राउन्डेड भएको ट्विनअटर जहाजका लागि छानबिन गर्न उपसमिति बनाएको मन्त्री किरातीले बताए । मन्त्रालयले हवाई नागरिक उड्डयन विधेयक प्रक्रियामा लगेको उनको भनाइ छ ।

संम्बन्धित समचार

Leave a Comment