सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

फागुन २३, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

आज सुनको मूल्य प्रति तोला ३ सयले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुनको मूल्य १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

संम्बन्धित समचार

Leave a Reply