सुनको मूल्यले बनायो नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च मुल्य कति ?

चैत्र ५, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।

शुक्रबार प्रति तोला १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ हजार ९ सयले बढेर १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ३५ रुपैयाँले बढेको हो। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

संम्बन्धित समचार

Leave a Comment