कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, के-के छन् मुख्य एजेन्डाहरु ?

साउन २, काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

बैठक पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन, ललितपुरमा दिउँसो १ बजे बस्नेछ । अघिल्लो वर्ष साउनमा बैठक बसे पछि कांग्रेसको केन्द्रीय समितिको बैठक अझै बस्न सकेको छैन् ।

पटक(पटक स्थगित हुँदै आएको बैठक आजका लागि बोलाइएको छ । गत २७ असारमा बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्नी सीता दाहालको निधन पछि बैठक स्थगित गरिएको थियो ।

हिजो आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय समिति बैठकका लागि विभिन्न १० एजेन्डा तयार गरेको छ ।

आज बस्ने केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने एजेन्डा रहेको छ । विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको एजेन्डा रहेको छ ।

संम्बन्धित समचार

Leave a Comment