आजको शेयर बजार २७ अंकले घट्यो, पौने चार अर्बको कारोबार !

फागुन ६, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने परिसूचक नेप्से उच्च अंकले गिरावट आएको छ । दिनभरजसो उतारचढावपूर्ण हुँदै २७.२१ अंकले घटेर २०३४.८२ विन्दुमा झरेको हो । आज २२५ कम्पनीको सेयर घट्यो भने २१ कम्पनीको सेयर मात्रै बढ्यो । दुई कम्पनीको सेयर भने स्थिर रह्यो ।

आइतबार एक करोड ७ लाख ७२ हजार ४ सय ८३ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ७७ करोड ५४ लाख २२ हजार १ सय ९६ रुपैयाँको सेयर कारोबार भयो । नेप्सेका तीनवटै सूचक घटेर राताम्मे भएका छन् । सेन्सेटिभ सूचक ३.३५ अंकले घट्यो । फ्लोट सूचक १.८६ अंक र सेन्सेटिभ फ्लोट सूचक पनि १.०२ अंकले घट्यो । आज नेप्सेका १३ वटै उपसमूह घट्यो । सबैभन्दा धेरै घट्ने उपसमूहमा निर्जीवन बीमा रह्यो ।

जीवन बीमातर्फको उपसमूह १३९.४७ अंक र विकास बैंकतर्फको उपसमूह पनि ६९.३१ अंकले घट्यो । सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा बोटलर्स कम्पनी र समाज लघुवित्त रह्यो । दुवै कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

किसान लघुवित्त कम्पनी र युनियन हाइड्रोपावर कम्पनीको सेयर पनि क्रमश ८.२२ प्रतिशत र ६.६५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा सामलिङ पावर कम्पनी रह्यो । सो कम्पनीको सेयर ८।२१ प्रतिशतले घट्यो । त्यसैगरी दोर्दी खोला जलविद्युत कम्पनीको सेयर पनि ६.१५ प्रतिशत र पाँचथर पावर कम्पनीको सेयर पनि ५.९१ प्रतिशतले घटेको छ ।

संम्बन्धित समचार

Leave a Comment