भरतपुर विमानस्थल बिस्तारका लागि भोलीदेखि सर्वे हुने

फागुन ६, चितवन । भरतपुर विमानस्थलको बिस्तारको प्रकृया अघि बढ्ने भएको छ । यहाँ रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग बिस्तार गर्न लागिएको हो ।

विस्तारका लागि सर्वे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरुप ओएलएस अप्सट्रेकल लिमिटेशन सर्वे गरिने छ । सर्बेको काम सोमबारबाट सुरु गरिने भएको हो । गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बैठक बसेर सोमबारबाट काम सुरु गर्ने सहमति भए अनुरुप काम सुरु हुन लागेको हो ।

भरतपुर बिमानस्थलका प्रमुख दीपक बिकका अनुसार आज नै प्राबिधिकहरुको टोली चितवन आइपुग्दै छ । नगर प्रमुख दाहालको अध्यक्षतामा बसेको बैठकमा महानगरका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी सहितको उपस्थिति थियो ।

बैठकले विमानस्थल विस्तार र घोडा प्रजन्नन केन्द्र शक्तिखोरमा स्थान्तरण एक साथ अगाडि बढाउने सहमति गरेको हो । सर्वेको नतिजा आएपछि डिजाइनअनुसार बजेट सुनिश्चित गरेर विस्तारको काम अघि बढाइने छ ।

संम्बन्धित समचार

Leave a Reply