कांग्रेसको केन्द्रीय समिति बैठक : सहमतिबाटै अगाडी जाने डा महतको भनाई

पौष ५, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पटक पटक सर्दै आईरहेको छ । गत २६ मंसिरबाट सुरु बैठकमा नेविसंघ, तरुण दल र पार्टीका रिक्त विभाग गठनका विषयमा संस्थापन पक्ष र इतर पक्षबीच सहमति नजुट्दा धेरै पटक सरेको बैठक अब पुनः १० पुसमा बस्ने गरी सरेको हो । नेपाल विद्यार्थी संघ, तरुण दल र पार्टीका रिक्त विभाग गठनका विषयमा सहमति नजुट्दा बैठक सरेको जानकारहरु बताउँछन् । सभापति शेरबहादुर देउवाले पार्टीका रिक्त विभाग सहित नेतृत्वविहीन रहेको नेविसंघ र म्याद गुजारेको तरुण दल गठन गर्न भन्दै २६ मंसिरबाट केन्द्रीय समिति बोलाएका थिए । बैठक मार्फत सभापति देउवाले पार्टीका रिक्त विभागका लागि प्रस्ताव समेत गरिसकेका छन् ।

सो प्रस्तावमा असहमति राख्दै कांग्रेसभित्रको रामचन्द्र पौडेल समूहले बैठकमार्फत १४औं महाधिवेशनको एजेन्डा ल्याउनुपर्ने अडान लिँदै आएको थियो । पौडेल समूह त्यसयता निरन्तर बैठक बहिष्कारमा छ । महाधिवेशनको एजेन्डामा नै विवाद रहँदै आइरहेका बेला पछिल्लो समय दुवै समूहबीच नेविसंघ, तरुण दल र विभाग गठन गर्दा कसरी गर्ने र भाग कति लाग्ने भन्नेमा समेत विवाद बढेको छ । कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले सहमतिका लागि निरन्तर प्रयास भइरहेकाले सकेसम्म सहमतिबाटै सबै विषयमा निर्णय गर्न बैठक सारिएको बताए ।

संम्बन्धित समचार

Leave a Comment