‘ए’ डिभिजन लिगमा छैटौं चरणका खेलहरु सकिंदै

पौष २९, काठमाण्डौ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मंगलबारबाट छैटौं चरणका खेलहरु सकिंदैछन् । छैटौं चरणको अन्तिम खेलमा आज त्रिभुवन आर्मी क्लब र संकटा क्लब भिड्नेछन् । यो खेल जितेको खण्डमा आर्मी क्लब लिग तालिकाको शीर्ष स्थानमा उक्लिनेछ ।

लिगमा हाल १३ अंकसहित मच्छिन्द्र क्लब शीर्ष स्थानमा रहेको छ भने एक खेल कम खेलेको आर्मी क्लब १२ अंकसहित दोस्रो स्थानमा रहेको छ । आज संकटाविरुद्ध जित निकाल्न सके आर्मी क्लबले मच्छिन्द्रसँग दुई अंकको अग्रता लिंदै शीर्ष स्थानमा पकड जमाउनेछ ।

संम्बन्धित समचार

Leave a Comment