कोरोना भाइरसको मार खेपिरहेको चीनमा भूकम्पको धक्का गयो !

माघ २०, काठमाण्डौ । कोरोना भाइरसको मार खेपिरहेको चीनमा भूकम्पले धक्का दिएको छ । दक्षिणपश्चिमी चीनको सिचुआन प्रान्तमा ५ दशमलव १ म्याग्नीच्युडको भूकम्प गएको छ । चीनको समयानुसार गएराती १२ बजे भूकम्प गएको हो ।

चिनिया सञ्चार माध्यमका अनुसार, भूकम्प प्रभावित क्षेत्रमा कुल १५० जना उद्धारकर्ता र ३४ वटा वाहन पठाइएको छ। बिहान २ बजेसम्मसम्म कुनै हताहत र भवन नभत्केको जनाइएको छ ।

१० सेकेन्डभन्दा बढी समयसम्म भूकम्पको धक्का दिएको थियो । ‘मेरो ओछ्यान हल्लिन थाल्यो’ जिन्ताबलन काउन्टीका स्थानीय झा जुनले भने । भूकम्पको केन्द्रबिन्दुबाट ३८ किलोमिटर टाढा छेन्दु शहरी क्षेत्रमा पनि महसुस गरिएको थियो ।

संम्बन्धित समचार

Leave a Comment