गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगित

चैत्र ९, भरतपुर । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ बाट सुरक्षित रहन भन्दै धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगन गरेको छ । फाउण्डेशनले शनिबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सामान्य अवस्था नहुन्जेलसम्मलाई काम स्थगन गरिएको जानकारी गराएको हो ।

फाउण्डेशनले विज्ञप्तिमा विभिन्न सुरक्षाका उपायहरु अपनाएर रङ्गशाला निर्माणलाई निरन्तरता दिइरहेको भए पनि सरकारले गरेको निर्देशनबमोजिम २५ जना भेला हुन नपाइने भएकाले निर्माणको कामलाई तत्कालका लागि स्थगन गरिएको उल्लेख छ । फाउण्डेशनको विज्ञप्तिमा विश्व कोरोनाको त्रासले आक्रान्त भएको अवस्थामा सामान्य जनजीवनदेखि राष्ट्रिय गौरवका आयोजना र परियोजनासमेत प्रभावित भइरहेकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अछुतो रहने कुरै भएन भन्ने उल्लेख गरिएको छ ।

संम्बन्धित समचार

Leave a Comment