सुनचाँदीको भाउ घट्यो, सुन प्रतितोला ९६,५००, चाँदी १,३४५ रुपैयाँ कायम

भाद्र १८,काठमाडौं । सुनचाँदीको भाउमा पुनः गिरावट आएको छ । गत मंगलबारदेखि घट्न थालेको सुनचाँदीको भाउ बिहीबार आज पनि घटेको छ । हिजो बुधबार को तुलनामा आज बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावल सुन तोलाको ९६ हजार ५ सय रुपैयाँ कायम गरेको छ । हिजो तोलाको ९७ हजार २ सय तोकिएको थियो ।

यस्तै तेजाबी सुन पनि तोलामा ७ सय रुपैयाँले नै झरेर ९६ हजार कायम भएको छ । हिजो तोलाको ९६ हजार ७ सय थियो । यसैगरी चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले गिरावट आएको छ । हिजो तोलाको १३ सय ६५ रहेको चाँदी आज १३ सय ४५ मा झरेको महासंघले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Comment