नेपाल उद्योग वाणिज्य महासंघको चुनाव मंसिर ११ र १२ मा हुने

असोज १६, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन मंसिर ११ र १२ मा गरिने भएको छ । गत चैतमा हुनुपर्ने निर्वाचन कोभिड–१९ को बढ्दो संक्रमणका कारण तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन । कार्यकारिणी समिति बैठकले बिहीबार महासंघको वार्षिक साधारणसभा तथा निर्वाचन मिति तोकेको हो ।

गृह मन्त्रालयले तोकेको मापदण्डअनुसार निर्वाचन गरिने उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् । साधारणसभा जुम मिटिङमार्फत गर्न सुझाउँदै भेला भएर गर्न गृह मन्त्रालयले स्वीकृति दिएको छैन । गृहले महासंघलाई असोज ९ मा पठाएको चिठीअनुसार निर्वाचनका क्रममा मतदान गर्दा एक पटकमा २५ भन्दा बढी जम्मा नहुने गरी सामाजिक दूरी कायम गर्ने र स्वास्थ्य तथा सुरक्षाका सबै मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ ।

संम्बन्धित समचार

Leave a Comment