नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागबीच समझदारी

फागुण १८, काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागबीच एक समझदारी भएको छ । नेपालमा सञ्चालित उत्पादनमूलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गर्ने उद्देश्यले उक्त समझदारी भएको हो । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले हस्ताक्षर गरे ।

दुवै संस्थाहरूले आगामी छ महिनाभित्र साना मझौला, मध्यम तथा ठूला स्केलका उद्योगहरूसँग सम्बन्धित तथ्यांक संकलन गर्न प्रतिवद्धता जनाएका छन् । आपसी सहमति अनुसार औद्योगिक क्षेत्रमा विकासका अवसरको खोजी र पहिचान गर्ने र औद्योगिक सुशासनको प्रवद्र्धन एवं उद्योगहरुको सञ्चालनका क्रममा देखापर्ने समस्या, गुनासालाई दुवै संस्थाको पहलमा सम्बोधन गरिने समझदारीपत्रमा उल्लेख गरिएको छ ।

संम्बन्धित समचार

Leave a Comment