रुपन्देहीमा देउवा र पौडेल पक्षबीच कुटाकुट

मंसिर ४, रुपन्देही । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेशसभा अधिवेशनको मतगणनाका क्रममा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । प्रदेश नम्बर ३ ९क० को मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रबार राति मतगणना स्थलमा कांग्रेस कार्यकर्ताबीच एक आपसमा आक्रमण भएको हो ।

निर्वाचनछि मतगणना चलिरहदा सभापति देउवा पक्षका कार्यकर्ता पौडेल पक्षमाथि आक्रमणमा उत्रिएका थिए । घाईते हुनेमा ५ जनानै पौडेल पक्षका छन् । मतपरिणामको क्रममा पौडेल पक्षका पुरण श्रेष्ठले अग्रता लिएपछि मुखमा मास्क लगाएर गएका देउवा पक्षका समूह आक्रमणमा उत्रिएको हो ।

श्रेष्ठका अनुसार आक्रमणबाट क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्त गम्भीर घाईते भएका छन् । पन्तको नाकमा चोट लागेको छ । उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको जानकारी दिए । अन्य चार जना पनि घाइते भएका छन् ।

मतगणनामा आफूले अग्रता लिँदै गरेको अवस्थामा तरूणदल रुपन्देहीका अध्यक्ष सोम बहादुर गुरुङको नेतृत्वमा एक हुल व्यक्ति मतगणनास्थलमा प्रवेश गरि जेनेरेटर बन्द गराएर आक्रमण गरेको उनले बताए ।

आक्रमणपछि मतगणना कार्य स्थगित भएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रीय प्रतिनिधिको अधिवेशन हिजोदेखि सुरु भएको छ ।

संम्बन्धित समचार

Leave a Comment