दाङमा यात्रुवाहक बस दुर्घटना, २९ जना घाइते

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ मंसिर ५, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ५, दाङ । दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका-३ नारायणपुरमा गएराति दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि कोहलपुर पठाइएको छ । अन्य घाइतेहरुको लमही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चालक दलका चारजना सहित ३९ जना सवार रहेको बस पट्टा भाँचिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस