कस्तो रहनेछ आजको मौसम ?

मंसिर ५, काठमाडौं । देशभर आज मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली तथा उच्च पहाडी भू–भागका केही स्थानमा भने हिमपातको सम्भावना छ ।

प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् सजिना शाक्य बताइन् । प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरू सामान्यतया सफा रहने शाक्यको भनाइ छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरू सामान्यतया सफा रहने छ । प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शाक्यले जानकारी दिइन् ।

आज काठमाण्डौको न्यूनतम तापक्रम ९।२ डिग्री सेल्सियस छ । अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

चिसो बढ्दै गएसँगै अधिकतम तापक्रम घट्दै जान थालेको छ ।

संम्बन्धित समचार

Leave a Comment