तीन कम्पनीको शेयरमूल्य समायोजन

मंसिर २४, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले लक्ष्मी बैंक, समता घरेलु लघुवित्त र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन गरेको हो ।

लक्ष्मी बैंक र समता घरेलुले साधारण सभा तथा लाभांश विरतण र नारायणीले हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले यस दिन लक्ष्मी बैंकको ८ प्रतिशत बोनस, समता घरेलुको २० प्रतिशत बोनस र नारायणीको १०० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो । समायोजनपश्चात लक्ष्मी बैंकको शेयरमूल्य २७० रुपैयाँ ३७ पैसा कायम भएको छ भने समता घरेलुको १ हजार १२५ रुपैयाँ ८३ पैसा र नारायणीको ४७८ रुपैयाँ कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो । आगामी आइतबार समायोजन मूल्यमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ ।

संम्बन्धित समचार

Leave a Comment