तीन लघुवित्त कम्पनीको शेयरमूल्य समायोजन

पुस १, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज तीन लघुवित्तको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सपोर्ट लघुवित्त, सूर्योदय लघुवित्त र वोमी लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी लघुवित्तहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । यस दिन नेप्सेले सपोर्ट लघुवित्तको ३० प्रतिशत, सूर्योदय लघुवित्त र वोमी लघुवित्तको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।

समायोजनपश्चात सपोर्ट लघुवित्तको शेयरमूल्य १ हजार ७६९ रुपैयाँ २३ पैसा, सूर्योदय लघुवित्तको १ हजार ४२७ रुपैयाँ ५० पैसा र वोमी लघुवित्तको १ हजार ३४० रुपैयाँ ८३ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी तीन लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बुधबार, सपोर्ट लघुवित्तको शेयर प्रतिकित्ता २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने सूर्योदय लघुवित्तको १ हजार ७१३ रुपैयाँ र वोमी लघुवित्तको १ हजार ६०९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

बिहीबार यी समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी लघुवित्तहरुको शेयर कारोबार खुल्नेछ ।

संम्बन्धित समचार

Leave a Comment