माओवादीमा उम्मेदवारी दर्ता राति ८ देखि १०ः३० बजेसम्म, भोली मतदान

पुस १७, काठकाडौँ । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्र्तरगत निर्वाचन प्रक्रिया सुरु भएको छ । सहमतिबाट नै केन्द्रीय सदस्यको टुंगो लगाउने प्रयास अन्तिम समयसम्म पनि सफल हुन नसकेपछि निर्वाचनबाटै नेतृत्व चयन गर्न थालिएको हो ।

निर्वाचन समितिले केही बेर अघि निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेदवारी दर्ताको समय आज राति ८ देखि साढे १० बजेसम्मलाई तोकेको छ । मतदान भोलि बिहान सवा ११ देखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ ।

यसअघि १ हजार ७४२ जनाको मतदाता नामावली सार्वजनिक गरिएको छ । नामावलीमा आयोजक समिति, विभिन्न विभाग, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति तथा पार्टी एकता प्रक्रियामा सहभागी भएका तथा मनोनित प्रतिनिधि छन् । कमलादीस्थित प्रज्ञा भवनमा जारी माओवादीको बन्दसत्रले आजै पारित गरेको विधान अनुसार १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ ।

स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधानका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिएपछि विधान पारित गरिएको थियो । विधान अनुसार खुल्ला ५० प्रतिशत र ५० प्रतिशत समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन गरिनेछ ।

केन्द्रीय कमिटिले १५ प्रतिशत मनोनयन गर्ने व्यवस्था गरिएको छ । जसअनुसार केन्द्रीय समितिका १५४ सदस्य समानुपातिक पद्धतिबाट चयन हुन ेछन् । समानुपातिक पद्धतिबाट विभिन्न क्लस्टर अनुसार केन्द्रीय समितिमा चयन हुने नेताको नाम टुंगो लगाउने जिम्मा प्रदेश समितिलाई दिइएको छ ।

संम्बन्धित समचार

Leave a Comment