सिस्ने गाउँपालिका अध्यक्षमा माओवादीका कृष्ण रेग्मी विजयी

जेठ २, काठमाडौँ । रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्ण रेग्मी विजयी भएका छन् । उनी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै पालिका अध्यक्षमा विजयी भएका हुन् । रेग्मीले ३ हजार ७७९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनबाट दत्तबहादुर बस्नेतले ३ हजार ७ सय मत प्राप्त गरेका छन् । यस्तै कांग्रेस–एमाले गठबन्धनबाट एमालेका गोपाल रेउले उपाध्यक्षमा निर्वाचित भएका छन् । उनले ३ हजार ७६१ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी आस्था विकले ३ हजार ४७४ मत प्राप्त गरिन् । यस्तै पालिका…

पुरा पढ्नुहाेस्

दैलेखको नौमुलेमा माओवादी केन्द्रका छवि सुवेदी विजयी

जेठ १, काठमाडौँ । दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा छवि सुवेदी विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार सुवेदीले तीन हजार दई सय मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भदे बुढा मगरले दुई हजार पाँच ५४४ मत ल्याए । गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका गंग बहादुर शाही विजयी भएका छन् ।नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो । यसअघि नौमुले गाउँपालिकाका अध्यमा नेपाली कांग्रेसले जितेको थियो । कांग्रेसका भदे बुढा मगर यसपटक पराजित भएका हुन् ।

पुरा पढ्नुहाेस्

सबै कम्युनिस्ट घटकहरु एकताबद्ध हुन आवश्यक छ : प्रचण्ड

बैशाख ९, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्तालाई एकतामा आउन आह्वान गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा नेपाल कम्युनिस्ट पार्टीको ७३औँ स्थापना दिवस तथा १५२औँ लेनिनजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी आन्दोलनबाट विभाजित सबै नेता–कार्यकर्ता तथा पार्टीहरूलाई एकताबद्ध हुन आह्वान गरेका हुन् । जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मुद्दाहरू उल्ट्याउने षड्यन्त्र भएको भन्दै उनले जनताको अधिकार र पहिचानका पक्षधरहरू एकताबद्ध हुन आवश्यक रहेको औँल्याए । माओवादी आन्दोलनमा उत्साहपूर्ण ध्रुवीकरणको प्रक्रिया सुरु भएको भन्दै उनले विगतमा पार्टी छोडेर जानेहरूले…

पुरा पढ्नुहाेस्

समस्या परेका पालिकामा मात्रै मित्रतापूर्ण प्रतिस्पर्धा हुन्छ : प्रचण्ड

बैशाख ८, काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समस्या परेका पालिकामा सत्ता गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा हुने बताएका छन् । सत्ता गठबन्धनभित्र महानगर र उपमहानगरको भागबन्डा टुंग्याएर चुनावी अभियानका क्रममा बिहीबार सुदूरपश्चिम पुगेका प्रचण्डले चुनावी तालमेलबारे बताएका हुन् । धनगढी विमानस्थलमा सञ्सचारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, ‘कहीँकतै (पालिकामा) गठबन्धनभित्र त्यस्तो समस्या पर्‍यो भने गठबन्धनभित्र स्वस्थ र मित्रतापूर्ण प्रतिस्पर्धाको ठाउँ पनि हामीले बाँकी राखेका छौँ ।’ यद्यपि ६ महानगरपालिका र ११ उपमहागरपालिकामा गरिएको तालमेलका आधारमा नै अन्य पालिकामा गठबन्धनभित्र तालमेल हुने उनले बताए । ‘जसरी केन्द्रमा महानगर र उपमहानगरपालिकामा…

पुरा पढ्नुहाेस्

माओवादीको चुनावी प्रचारमा कुलमान, फोटो दुरुपयोग भएको प्रतिकृया

चैत ३०, काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावी प्रचारको पोस्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो राखेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुकबाट सार्वजनिक पोस्टरमा प्रचण्ड, नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्बिर राखिएको छ । माओवादी नेता शर्मा ऊर्जामन्त्री र घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक भएका बेला लोडसेडिङ अन्त्य भएको थियो । ‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निस्शुल्क बिजुलीको’ लेखेर प्रचण्डको फेसबुकबाट माओवादीले चुनावी प्रचार गरेको छ । उक्त पोस्टरमा अँध्यारोबाट उज्यालोतर्फको यात्रा लेखिएको छ । प्रचण्डको फेसबुकबाट यो पोस्टर आज बिहान सार्वजनिक भएपछि…

पुरा पढ्नुहाेस्

खुमलटार पुगेर पित्तबहादुर भने, ‘परिबन्दमा परे, जनताले छाडेनन्’

चैत २३, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) परित्याग गरी सोमबार नेकपा एमाले प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) माओवादी केन्द्रमै फर्किएको बताएका छन् । आज प्रचण्ड निवास खुमलटार पुगेर आफू पुनः नेकपा माओवादी केन्द्रमै फर्किएको बताएका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार डल्लाकोटी आज बिहान खुमलटार पुगेर उनले अध्यक्ष प्रचण्डलाई भेटेका हुन् । डल्लाकोटीले आफू परिबन्दमा परि एमालेमा प्रवेश गरेको स्पष्टिकरण दिएका छन् । ‘अध्यक्षज्यू, केहि मान्छेको परिबन्दमा परि बालकोट पुगेँ । यसमा मेरो गल्ती भो,’ डल्लाकोटीको भनाइ उदृत गर्दै मल्लले…

पुरा पढ्नुहाेस्

तीनै तहको चुनावमा कांग्रेससँग गठबन्धन हुन्छ : प्रचण्ड

चैत १०, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी तीनै तहका चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने बताएका छन् । आज गृह जिल्ला चितवन पुगेका प्रचण्डले स्थानीय तहको चुनावमा पनि केन्द्रबाट नै गठबन्धन हुने बताए । उनले चुनावी गठबन्धनको विषयमा चितवन कांग्रेसले भनेर केही नहुने दाबी पनि गरे । चुनावमा एक्लै लड्ने दाबीका साथ कार्यकर्तालाई निर्देशन दिँदै हिँडेका प्रचण्डले भने आज यस्तो धारणा राखेका हुन् । ‘गठबन्धन त भइरहेकै छ, नि । अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघीय चुनावसम्म पनि रहन्छ’, उनले भने । चितवनमा कांग्रेसले…

पुरा पढ्नुहाेस्

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

फागुन २३, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे अनुपम फुडल्याण्डमा बस्ने गरी बैठक आह्वान गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । यसअघि, आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक आइतबारनै दिउँसो २ बजेका लागि सारिएको थियो । तर, बैठक बस्दै नबसी आजका लागि स्थगित गरिएको हो । गत शुक्रबारदेखि सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले धारणा राखेका थिए । बैठकका लागि विभिन्न ६ वटा एजेन्डा तय…

पुरा पढ्नुहाेस्

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

फागुन ४, काठमाडौँ । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक आज (बुधबार) बस्दै छ । बैठक विहान १० बजे बस्न लागेको हो । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । संसदीय दलको बैठकमा भएको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा पार्टीको धारणा राख्ने उनले बताए । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक विहान साढे ११ बजे बोलाइएको छ । मंगलबार बसेको सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी संसदमा पेश गर्न आग्रह गरेको छ । उसले एमसीसीका पक्षमा उभिने निर्णय गरेको छ ।

पुरा पढ्नुहाेस्

छरिएका माओवादी घटकलाई एकतावद्ध हुन प्रचण्डको आह्वान

फागुन १, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादीहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् । २७ औं शसस्त्र युद्ध सुरु भएको दिनको सम्झनामा आज शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले छरिएर रहेका माओवादी घटकहरुलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकतावद्ध हुन आग्रह गरेका हुन् । प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, ‘देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन तथा परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको छन् । परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने…

पुरा पढ्नुहाेस्