कोभिडविरुद्धको बुस्टर डोज खोप भोलीदेखि दिइँने

माघ १, काठमाडौँ । सरकारले भोलिदेखि कोभिड-१९ विरुद्धको खोपको अतिरिक्त मात्रा ‘बुस्टर डोज’ खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखेर भोलि माघ २ गतेदेखि अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई बुस्टर डोज दिने भएको हो ।

मन्त्रालयका अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज दिइनेछ । पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो, बुस्टर डोजमा पनि त्यही खोप दिइनेछ । पूर्ण खोप लगाएको ६ महिना भइसकेकालाई बुस्टर डोज दिन लागिएको हो ।

संम्बन्धित समचार

Leave a Comment