ललितपुरमा माघ २० देखि फाइजरको दोस्रो मात्रा खोप दिइने

माघ १८, काठमाडौँ । ललितपुरमा पहिलो मात्रा फाइजर खोप लगाएका १२ वर्षदेखि १७ वर्ष सम्मका बालबालिकालाई दोस्रो मात्रा खोप दिइने भएको छ । ललितपुर महानगरपालिकाले सूचना निकाल्दै उक्त उमेर समूहका बालबालिकालाई माघ २० गतेदेखि २५ गतेसम्म दोस्रो मात्रा खोप दिने जानकारी दिएको हो । खोप अभियान बिहान १० बजे देखि ४ बजेसम्म चल्ने जनाइएको छ ।

पुस २७ गते खोप लगाएकालाई माघ २० गते वडा नम्बर १ देखि ४ गतेसम्मका विद्यालयमा खोप लगाउने व्यवस्था गरिएको छ । त्यस्तै, पुस २८ गते खोप लगाएकालाई माघ २१ गते वडा नम्बर ५ देखि ८ सम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ भने पुस २९ गते खोप लगाएकालाई माघ २३ गते वडा न ९ देखि १४ र १५ का केही विद्यालयमा खोप केन्द्र तोकेको जनाइएको छ ।

संम्बन्धित समचार

Leave a Comment