सबै नागरिकलाई ‘बुस्टर डोज’ खोप आजदेखि लगाइँदै

फागुन १, काठमाडौँ । सरकारले आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएका सबैले आजदेखि बुस्टर डोज लिन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुस्टर डोजको रूपमा उपलब्धताका आधारमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको पनि मन्त्रालयले जनाएको छ । यसअघि सरकारले मिक्स म्याचको अवधारणाअनुसार बुस्टर डोजमा फरकफरक खोप पनि दिएको थियो ।

कोभिड–१९ संक्रमण भएका व्यक्तिहरूले भने संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज खोप लिन मन्त्रालयले अनुरोध गरेको छ ।

संम्बन्धित समचार

Leave a Comment