प्रतिनिधिसभा बैठक बस्दै, एमालेले आवरोध जारी राख्ने

फागुन ८, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दै छ । बैठक दिउँसो १ बजे सं‌सद् भवन नयाँ बानेश्वरमा बस्‍नेछ ।

आजको बैठकमा एमसीसी टेबल हुने चर्चा भएपनि सम्भावित कार्यसूचीमा भने समावेश गरिएको छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वाषिर्क प्रतिवेदन २०७७/७८ प्रतिनिधि सभामा पेश गर्ने उल्लेख छ ।

सभामुख अग्निप्रसाद सापकोटाले कार्य परामर्श समितिको बैठक बोलाएका छन् । यसबारे सहमति गर्न आजै सत्ता गठबन्धनका शीर्ष नेताको बैठक पनि बस्दैछ । बैठकले एसीसी संसद्‍मा टेबल गर्नेरनगर्नेबारे निर्णय गर्ने बताइएको छ ।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राख्ने बताएको छ ।

संम्बन्धित समचार

Leave a Comment