एमालेको घोषणापत्र पारित: चुनाव सार्ने षड्यन्त्र भए कडा प्रतिवाद गर्ने

बैशाख ६, काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले जारी गर्ने घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टी अध्यक्ष केपि शर्मा ओलीको निवास बालकोटमा सोमबार सम्पन्न बैठकले घोषणा पत्रको मस्यौदालाई अनुमोदन गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरेको थियो । एमालेले यही वैशाख ९ गते केन्द्रमा घोषणापत्र र पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

बैठकले पार्टीमा १२ विभाग थप गर्ने, सल्लाहकार परिषद्लाई विस्तार गरेर २७८ सम्पर्क समवय कमिटीमा ५१ जना थप गर्ने भएको गुरुङले बताए । बैठकले पार्टी पङ्क्तिलाई निर्वाचनमा केन्द्रित हुन पनि निर्देशन दिएको छ ।

यस्तै, एमालेले सरकारले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्रमा रहेको निष्कर्ष पनि निकालेको छ । बैठकले सरकार चुनाव सार्ने षड्यन्त्रमा रहेको निष्कर्ष निकालेको भन्दै चुनाव सार्ने षड्यन्त्रलाई निस्तेज पार्ने निर्णय गरेको छ ।

साथै पार्टीको केन्द्रीय कार्यालय ९ वैशाखदेखि तुलसीलाल स्मृति भवनमा सार्ने निर्णय पनि भएको गुरुङले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Comment