कार्यप्रगति सन्तोषजनक नभएपछि प्राधिकरणको ठेक्का तोड्ने चेतावनी

जेठ १४, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले कार्यप्रगति सनतोषजनक नभएको भन्दै एक ठेकेदार कम्पनीलाई ठेक्का रद्द गर्ने चेतावनी दिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित थानाभर्‍याङमा निर्माणाधीन सवस्टेसन अनुगमन गर्दै सो चेतावनी दिएका हुन्। निर्माणाधीन ४०० केभी, २२० र १३२ केभी सवस्टेसनको निर्माण प्रगतिका सम्बन्धमा उनले जानकारी लिएका थिए । गत फागुन अन्तिम साता पनि अनुगमन भ्रमणमा गएका उनले २२० केभी सबस्टेसन निर्माणमा त्यसपछि पनि कुनै प्रगति नदेखिएकाले ठेक्का रद्द गर्ने चेतावनी दिएका छन् । त्यतिबेला ठेकेदार कम्पनीले आगामी असारभित्र सवस्टेसनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए…

पुरा पढ्नुहाेस्