को हुन् सभामुखमा निर्वाचित घिमिरे ?

माघ ५ , काठमाडौँ । प्रतिनिधि सभाको सभामुख निर्वाचित भएका देवराज घिमिरे सत्ता गठबन्धनको एमालेबाट उम्मेद्‍वार रहेका थिए। उनी कांग्रेसकी उम्मेद्‍वार ईश्वरी न्यौपानेलाई हराउँदै सभामुखमा निर्वाचित भएका हुन् । को हुन् घिमिरे ? ताप्लेजुङको सिरिजंघा गाउँपालिका(३ मा बुबा पदमप्रसाद घिमिरे र आमा भिमकुमारी घिमिरेको कोखबाट १२ जना छोराछोरीमध्ये माइलो छोराकोरुपमा २०१३ साल जेठ १३ गते देवराज घिमिरेको जन्मभएको थियो । निम्न मध्यम परिवारमा जन्मिएका घिमिरेले गाउँकै सिंहदेवी प्राथमिक विद्यालयबाट स्कुले शिक्षाको सुरुवातगरी ताप्लेजुङ सदरमुकामको भानु पब्लिक हाई स्कुलबाट २०२९ सालमा एसएलसी उत्तीर्ण गरेका थिए। धरानको महेन्द्र बहुमुखी क्याप्पसबाट आईए र…

पुरा पढ्नुहाेस्