चितवन राष्ट्रिय निकुञ्जको गोही संरक्षणमा कार्य,७२ घडियाल गोही विभिन्न नदीमा छाडिए

फागुन २,काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका ७२ घडियाल गोही विभिन्न नदीमा छाडिएका छन् । मङ्सिरयता ती गोही राप्ती, कोशी र नारायणी नदीमा छाडिएको हो । थप केही गोही राप्ती नदीमा छाड्ने तयारी निकुञ्जको छ । निकुञ्जको गोही प्रजनन केन्द्र हेर्दै आएका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार मङ्सिर १९ गते कसरा नजिकै राप्ती नदीमा १२ गोही छाडिएको थियो । दुई भाले र १० पोथी नदीमा छाडिएको छ । माघ १९ गते पथरीस्थित कोशी नदीमा तीन भाले र १७ पोथी गरी २० गोही छाडिएको थियो ।…

पुरा पढ्नुहाेस्