तुइन चुँडिएर दार्चुलामा एक वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली जाँदै

साउन १८, काठमाण्डौ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ । आइतबार गृह मन्त्रालयले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको पाँच सदस्यीय छानविन टोली सोमबार दार्चुला जान लागेको हो ।

पुरा पढ्नुहाेस्