नेकपा एसका अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

फागुन २, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र भारतीय विदेश सचिव बिनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ । कोटेश्वरस्थित नेपाल निवासमा अध्यक्ष नेपाल र विदेश सचिव क्वात्राबीच भेटवार्ता भएको हो । नेपाल–भारत सचिवस्तरीय उच्च संयन्त्रको बैठकमा भाग लिन आएका क्वात्राले सोमबार राष्ट्रपति बिद्यादवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । दुई दिने नेपाल भ्रमणमा आएका क्वात्राले मंगलबार एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्ता राउतलगायतसँग भेटवार्ता गर्दैछन् ।

पुरा पढ्नुहाेस्

नेकपा (एस)का अध्यक्ष नेपाललाई कोरोना सङ्क्रमण

पुस २७,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरसको मिल्दोजुल्दो लक्षण देखिएपछि अध्यक्ष नेपालको हिजो सोमवार कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनलाई आज मङ्गलवार कोरोना पुष्टि भएको हो । अहिले उनी घरमै आइसोलेशनमा बसिरहेका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठलगायतलाई कोरोना पुष्टि भएको थियो । उनीहरू पनि होम आइसोलेशनमा छन् ।

पुरा पढ्नुहाेस्

नेकपा (एस)का अध्यक्ष नेपाल र मुख्यमन्त्री पाण्डेबीच भेटवार्ता

कात्तिक १५, बारा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधब कुमार नेपाल र बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेबिच सिमरा एयरपोर्टमा भेटघाट भएको छ । उक्त भेटघाटमा पार्टी संगठन विस्तार र प्रदेश सरकार सन्चालनका बिषयमा छलफल भएको पाण्डेका स्वकीय सचीव दिनेश घिमिरेले बताए । सो भेटमा मुख्यमन्त्री पाण्डेलाई अध्यक्ष नेपालले बधाई ज्ञापन व्यक्त गरेका थिए । पाण्डे बागमती प्रदेशमा गएको कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

पुरा पढ्नुहाेस्