प्रतिनिधिसभाको बैठक: परराष्ट्रमन्त्री र स्वास्थ्य मन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिने

चैत २३ काठमाडौं ।  आज बस्ने प्रतिनिधिसभाको बैठकमा दुई मन्त्रीले सार्वजनिक महत्वका विषयमा वक्तव्य दिने भएका छन् । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने कार्यक्रम तय भएको हो । दुई मन्त्रीको सार्वजनिक महत्वको वक्तव्यपछि सांसदहरुले प्रश्नोत्तर गर्ने भएका छन् । मन्त्रीहरुको सार्वजनिक महत्वको वक्तव्यपछि शून्य र विशेष समय राखिएको सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

पुरा पढ्नुहाेस्

परराष्ट्रमन्त्री ज्ञवालीले संसदमा सुनाए सरकारका ७ उपलब्धी

चैत ६ काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले महत्वपूर्ण उपलब्धी हात पारेको दाबी गरेका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले सरकारका मुख्य उपलब्धीहरु सुनाए । १) नेपाल राजनीतिक रुपमा द्वन्द्वमुक्त मन्त्री ज्ञवालीले संविधान नम्माने र देशकै अस्तित्वलाई चुनौती दिने समूहलाई शान्तिपूर्ण मुलधारमा ल्याएको भन्दै उनले यसले नेपाल राजनीतिक रुपमा द्वन्द्वमुक्त भएको बताए । २) नेपालाई विकासशील राष्ट्रमा स्तरोन्नती गर्न सिफारिस सीडीपीले नेपाललाई अल्पविकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नती गर्न सिफारिस गरेको भन्दै उनले यो ठूलो उपलब्धी भएको बताए । उनले अघि भने, अगस्ट सेप्टेम्बरमा पारित गरेपछि अल्पविकसित भन्ने कलंक…

पुरा पढ्नुहाेस्

परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्-‘कोरोना विरुद्धको खोप अभियानले आशा जगाएको छ’

फागुण १३, काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप अभियानको विकासले नेपाललगायत सबै मुलुकलाई आशा जगाएको बताएका छन् । विश्वले कोभिड–१९ महामारीको बोझ खेपिरहेका बेला कोभ्याक्स र अनुदान खोपले राहत दिएको उनले औँल्याए । भारतलगायत अन्य छिमेकी मुलुकले कोभ्याक्स अभियानको खोप भित्र्याउन गरिरहेको पहलको उनले सराहना गरे । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को मङ्गलबार सुरु भएको ४६औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुहुँदै मन्त्री ज्ञवालीले नेपालमा जारी रहेको खोप अभियानकै कारण कोभ्याक्स खोप अभियानको प्राथमिकतामा नेपाल रहेको जानकारी गराए । उनले मानव अधिकारको प्रवद्र्धन र संरक्षणप्रति नेपालको पूर्ण र…

पुरा पढ्नुहाेस्

परराष्ट्रमन्त्री ज्ञवाली र एनआरएनएका अध्यक्ष पन्तबीच भेटवार्ता

माघ २८, काठमाडौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र गैरआवासीय नेपाली संघ एनआरएनए का अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डलको टोलीबीच भेटवार्ता भएको छ । भेटमा संघले गरिरहेको गतिविधिबारे छलफल भएको छ । भेटमा अध्यक्ष पन्तले संघले परराष्ट्र मन्त्रालयको अनुमति लिई सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मतिले संघको विधान तथा आव २०७४–७५ र २०७५–७६ को आर्थिक प्रतिवेदन अनुमोदन भएको जानकारी गराएका छन्। विशेष महाधिवेशनले विश्वभरि छरिएर रहेका नेपालीलाई एकताबद्ध गराइ आगामी दिनमा पनि एक ढिक्का भई अघि बढ्न थप प्रोत्साहित गरेको उनले बताए ।  

पुरा पढ्नुहाेस्

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबिच भेटवार्ता

माघ ३, काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई भेटेका छन् । ज्ञवालीले शनिबार सिंहसँग भेटेका हुन् । भेटपछि सिंहले नेपाल र भारतबीच सरकारी र राजनीतिकमात्रै सम्बन्ध नभएको भन्दे आगामी दिनमा आपसी सम्बन्ध थप प्रगाढ बनाउने बताएका छन् । नेपाल र भारतबीच जनस्तरमा सम्बन्ध रहेकाले आपसी सहकार्य बढाउने उनको भनाइ छ । परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सहभागी हुन भारत गएका ज्ञवाली हिजो बैठकमा सहभागी भएका थिए । कोरोना खोप र नेपाल–भारतबीचको समसामयिक विषयमा उक्त बैठकमा छलफल भएको थियो ।

पुरा पढ्नुहाेस्

परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमण जाँदै, यस्ता छन् मुख्य एजेन्डाहरु

पुस २८, काठमाडौं । नेपालमा राजनीतिक र संवैधानिक संकटका बीच हुन लागेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणमा सीमा विवाद र कोरोना भाइरस खोपको विषयलाई मुख्य प्राथमिकतामा राखेर छलफल हुने बताइएको छ । नेपाल र भारतको छैटौं संयुक्त आयोगको बैठकमा यसअघि विगतमा सम्झौता भएका विकास परियोजना, ऊर्जा, रेललगायतका विषयमा छलफल हुने कार्यसूची तयार भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । १ माघमा हुने भ्रमणको पहिलो दिन भारतीय विदेशमन्त्री एस।जयशंकरसहितको अधिकारीसँग छैटौं संयुक्त आयोगको बैठक हुनेछ । पहिलो दिनको बैठकमा नेपालका तर्फबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमाको विषय परराष्ट्रमन्त्री ज्ञवालीले छलफलमा उठाउनेछन्…

पुरा पढ्नुहाेस्

परराष्ट्रमन्त्री ज्ञवालीलाई कालापानी–लिम्पियाधुरा समेटिएको नयाँ नक्सा हस्तान्तरण

  मंसिर १८,काठमाडौँ । नेपालले भारतले मिचेको सीमासहितको नेपालको नयाँ ‘राजनीतिक नक्सा’ परराष्ट्रमन्त्री प्रदिप ज्ञवाललीलाई बुझाएको छ । अभियानले पश्चिमोत्तर सीमा क्षेत्र लिम्पियाधुरा, कालापानी, लिपुलेकसमेत समेटिएको नक्सासहित ज्ञापनपत्र बुधबार मन्त्री ज्ञवालीलाई हस्तान्तरण गरेको हो । अभियानका संयोजक स्वनाम साथी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसचिव द्वारिकानाथ ढुंगेल, भूगोलविद् नरेन्द्रराज खनाल, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, प्राध्यापक राजेन्द्र सुवेदी, लेखक तथा पत्रकार भैरव रिसाल, श्याम श्रेष्ठ, राजनीतिककर्मी कृष्णराज बर्मा, शान्ता मानवी, कोमलन्द्र बराल लगायतको विज्ञहरुको समुहले उक्त नक्सा मन्त्री ज्ञवालीलाई हस्तान्तरण गरेका हुन् । नक्सा हस्तान्तरणका क्रममा अभियानका सदस्यहरुले नेपाल सरकारले भारतसँग वार्तामा बस्नुभन्दा पहिल्यै…

पुरा पढ्नुहाेस्

परराष्ट्रमन्त्री ज्ञवाली सोमबार अर्जेन्टिना जाँदै

फागुन ३,काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही चैत ६ देखि ८ गतेसम्म अर्जेण्टिनाको राजधानी ब्यूनसआयर्समा हुने दक्षिण–दक्षिण सहयोगसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही चैत ४ गते त्यसतर्फ प्रस्थान गर्ने भएको छ । सम्मेलनको पूर्ण बैठकमा मन्त्री ज्ञवालीले दक्षिण–दक्षिण सहयोगसम्बन्धी नेपालको राष्ट्रिय वक्तव्य तथा सन् २०३० का कार्यसूची कार्यान्वयन एवम् दिगो विकासका चुनौती र अवसर विषयमा मन्तव्य दिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख साना टापु राष्ट्र (युएन ओएचआर एलएलएस) ले ती राष्ट्रलाई दिगो विकासको मार्गमा अग्रसर…

पुरा पढ्नुहाेस्

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै

पौष २६, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार भारत जाँदै छन्। भारतीय विदेश मन्त्रालयको सहकार्यमा स्वतन्त्र थिंक ट्याङक् ‘अब्जर्भर रिसर्च फाउण्डेशन’ले आयोजना गर्ने ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन उनी नयाँदिल्ली जान लागेका हुन्। परराष्ट्रमन्त्री ज्ञवालीले फाण्डेशसनको कार्यक्रमलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा उनले भारत सरकारका उच्च अधिकारीसँग भेटघाट गर्नेछन्। मन्त्री ज्ञवाली शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ। रायसिना संवाद सन् २०१६ देखि हरेक वर्ष भारतमा हुँदै आएको छ।

पुरा पढ्नुहाेस्

परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार भारत जाँदै

पौष २५, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन बिहीबार नयाँ दिल्ली जाने भएका छन् । मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अब्जर्भर रिसर्च फाउण्डेशनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा हुने सो कार्यक्रमम यस वर्षको विषय ‘अ वल्र्ड रिअर्डरः न्यू जिओमेट्रिक्स, फ्ल्युड पार्टनरसिप, अनसर्टेन आउटकम्स’ छ । भ्रमणका अवधिमा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग समेत भेटघाट गर्नेछन् । मन्त्री ज्ञवाली यही शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।

पुरा पढ्नुहाेस्