बागमती प्रदेशले श्वेतपत्र जारी गर्ने

माघ ७, काठमाडौ । बागमती प्रदेश सरकारले अघिल्ला सरकारको काम कारवाहीलाई समेटेर श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस अघिका सरकारले ४ वर्षको अवधिभर गरेका सम्पूर्ण काम, नीति तथा कार्यक्रम, बजेट कार्यान्वयनमा भएको प्रगति, चुनौती, कमी–कमजोरी आदि विषयलाई समेटेर श्वेतपत्र जारी गर्ने निर्णय गरेको हो । अघिल्ला सरकारमा भएका गतिविधिको समीक्षाबाट सिकेर थप सुधारका योजना तयार पार्ने र त्यसका लागि आवश्यक कदम चाल्न श्वेतपत्र महत्वपूर्ण साबित हुने सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले जानकारी दिए । श्वेतपत्र तयार गर्न उच्चस्तरीय समितिसमेत…

पुरा पढ्नुहाेस्