१८ वर्षमाथिका सबैलाई ‘बुस्टर डोज’ दिइने

माघ २८, काठमाडौं । सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको थप अतिरिक्त मात्रा खोप लगाउने भएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले कोभिडविरुद्धको पूरा मात्रा खोप लगाएको ६ महिना पुगेका १८ वर्ष माथिकालाई बुस्टर डोजका रूपमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय गरेको हो । बुस्टर डोज खोप दिँदा अग्रपंक्तिमा खटिनेहरू, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती र सामाजिक जनसांख्यिक रूपमा पछाडि पारिएका व्यक्तिहरूलाई प्राथिमकता दिन भनिएको छ । मन्त्रालयका जनस्वास्थ्य अधिकृत सञ्जयकुमार महासेठले सबै ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्र लेखी बुस्टर डोज खोप दिन आग्रह गरेका छन्…

पुरा पढ्नुहाेस्

आजदेखि कोभिडविरुद्धको ‘बुस्टर डोज’ लगाइँदै

माघ २, काठमाडौँ । सरकारले आजदेखि कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा खटिएका अग्रपंक्तिका व्यक्तिलाई खोपको थप मात्रा (बुस्टर डोज) दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर डोज दिने निर्णय गरेको हो । स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिनेलाई आजदेखि र ६० वर्षदेखि माथिका नागरिकहरुलाई १४ गतेदेखि बुस्टर डोज दिन लागिएको हो । स्वास्थ्य मन्त्रालयको २८ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेको ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाइने छ…

पुरा पढ्नुहाेस्