भारतमा बस दुर्घटना: ज्यान गुमाउनेको संख्या ५० पुग्यो

फागुन ५ काठमाडौँ । भारतको मध्यप्रदेशको सिधि जिल्लामा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ । समाचार एजेन्सी एएनआईका अनुसार सिधि जिल्लाका जिल्लाधिकारी रबिन्द्र कुमार चौधरीले बस दुर्घटनामा हालसम्म ५० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । यो दुर्घटनामा अघिल्लो मंगलबार रामपुर नैकिन थानाक्षेत्रमा बिहान लगभग साढे ७ बजे भएको हो । उक्त बस २२ फिट गहिरो नहरमा खसेको थियो । मुख्यमन्त्री शिवराज सिंह चौहानले दुर्घटनामाथि गहिरो दुःख व्यक्त गरेका छन् र दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई ५–५ लाख भारु दिने घोषणा गरेका छन् ।

पुरा पढ्नुहाेस्

भारतको उत्तराखण्डमा हिमपहिरोमा परेर मृत्यु हुनेको संख्या १८ पुग्यो

माघ २६ काठमाडौँ । भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको छ । २०० भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन् । आइतबारको हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ । स्थानीयबासी ओम अग्रवालले तिब्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए । उत्तराखण्ड सरकारले सोमबारसम्म १८ जनाको शव निकालिएको जनाएको छ । मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कम्तीमा २०० भन्दा बढी मानिस हराइरहेको बताए का छन्। बेपत्ता भएका सबैजसो…

पुरा पढ्नुहाेस्

भारतमा किसान र प्रहरीबीच झडप, ८३ प्रहरी घाइते,स्थिती तनावग्रस्त

माघ १४ काठमाडौँ । भारतमा किसानको ट्रयाक्टर परेडको क्रममा भएको हिंसामा ८३ प्रहरी घाइते भएका छन् । प्रहरी अधिकारीमाथि आन्दोलनकारी किसानले हमला गरेको दाबी गरेका छन् । समाचार एजेन्सी एएनआईले दिल्ली प्रहरीका प्रवक्ता ईश सिंघललाई उद्धृत गर्दै भनेको छ, ‘केही स्थानमा प्रदर्शनकारी हिंस्रक भए । हिंसामा प्रहरी अधिकारी घाइते भए र सार्वजनिक सम्पत्तिको पनि हानी भयो । एएनआईले एक भिडियो जारी गरेको छ जसमा लाल किलेमा प्रदर्शनकारी र प्रहरीबीच झडप देखिएको छ ।दिल्ली प्रहरीका जोइन्ट कमिश्नर आलोक कुमारले प्रहरीमाथि हमला गर्नेमाथि कारवाही हुने जानकारी दिएका छन् । उता संयुक्त किसान…

पुरा पढ्नुहाेस्

भारत, मलेसिया र युएईका लागि राजदूत सिफारिस

कात्तिक २६, काठमाडौं । सरकारले भारतका लागि नेपाली राजदूतमा नीलाम्बर आचार्यलाई सिफारिस गरेको छ । हिजो राति बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको हो । आचार्य पूर्वकानुनमन्त्री एवं नेपाल भारत प्रवुद्ध व्यक्तिहरुको समूहको सदस्य समेत हुन् । सरकारले ६ महिना अघि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको नाम सिफारिस गरे पनि संवैधानिक आयोगमा काम गरिसकेका व्यक्तिलाई अन्यत्र नियुक्त गर्न नसकिने संवैधानिक प्रावधानका कारण निर्णय कार्यान्वयनमा आउन सकेन । यसैगरी मन्त्रिपरिपरिद्को बैठकले मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डे र युएईका लागि नेपाली राजदूतमा कृष्ण ढकाल सिफारिस गरेको छ । पाण्डे पूर्वराजदूत…

पुरा पढ्नुहाेस्