भिजिबिलिटी कम हुँदा रोकिएका आन्तरिक उडान

मंसिर ९, काठमाडौं । भिजिबिलिटी कम हुँदा रोकिएका आन्तरिक उडान खुल्न थालेका छन् । विराटनगर, भरतपुर, नेपालगञ्ज, भैरहवा जनकपुर लगायत ठाउँमा उडान सुरु भएको छ । तुवाँलो लागेका कारण बिहान उडान बन्द भएका थिए । यी क्षेत्रमा तोकिएको समयमा भन्दा ढिलो गरी उडान भएको हो । तर, पोखरा, लुक्ला र सुर्खेतमा भने अझै उडान सुरु हुन सकेको छैन । हुस्सु र तुवाँलोका कारण यी क्षेत्रका हवाई उडान प्रभावित भएका हुन् ।

पुरा पढ्नुहाेस्