युरोपेली च्याम्पियन्स लिग: सेभियाको अभियानमा धक्का, लेभान्टेसँग १–१ को बराबरीमा चित्त बुझायो

असार २,काठमाडौँ । अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने सेभियाको अभियानमा सोमबार धक्का पुगेको छ । डिएगो कार्लोसले आत्मघाती गोल गरेपछि सेभियाले लेभान्टेसँग १–१ को बराबरीमा चित्त बुझायो । जुलियन लेपोटेगीको टिम सेभिया तेस्रो स्थानमा छ । उसलाई पाँचौंमा रहेको गेटाफेमाथि ५ अंकको अग्रता प्राप्त छ । यस्तै पाँचपल्टको युरोपा लिग विजेता सेभिया चौथो स्थानको रियल सोसिडाडभन्दा चार अंकले अगाडि छ । सेभियासँगै एट्लेटिको म्याड्रिड, भ्यालेन्सिया, ग्रेनेडा र भिल्लारियल लिगको तेस्रो र चौथो स्थान हात पार्ने अभियानमा छन् । गेटाफेविरुद्ध सेभियाले लुक डे जोङको गोलले अग्रता लिएको थियो ।…

पुरा पढ्नुहाेस्