सङ्घीय संसद् भवन पूरा गर्न समय माग

चैत्र १६,काठमाडौँ । सिंहदरबारभित्र पुतली बगैँचामा निर्माण थालिएको नयाँ सङ्घीय संसद् भवन पूरा गर्न निर्माण व्यवसायीले एक वर्ष थप गर्न माग गरेका छन् । वि।सं २०७६ असोजमा संसद् भवन तीन वर्षमा निर्माण गर्ने गरी तुँदी सेक जेभी र सहरी विकास तथा भवन निर्माण विभागबीच सम्झौता भएको थियो । निर्माण कम्पनीले कोरोना सङ्क्रमणको कारण देखाएर छ महिना म्याद थप गराएअनुसार यही चैत मसान्तसम्म निर्माण गर्नुपर्नेमा भित्री संरचना पूरा हुननसकेकाले अझै एक वर्ष समय माग गरेको हो । उक्त विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका उपनिर्देशक दीपक श्रेष्ठले भवन पूर्णरूपमा सम्पन्न…

पुरा पढ्नुहाेस्