हरेक तहमा आरक्षणको दावी गर्नु संविधानको भावनाको प्रतिकूल हुने सर्वोच्चको निर्णय

साउन १८, काठमाडौं । सर्वोच्च अदालतले एकपटक आरक्षणको कोटाबाट सुविधा दिएको अवस्थामा हरेक पटक त्यही सुविधा दावी गर्नु संविधानसम्मत नहुने भनी व्याख्या गरेको छ । चिकित्सा शिक्षाको स्नातकोत्तर (एमडीएमएस) तहमा आरक्षण नपाएको दावी गर्दै एक प्रतिस्पर्धीले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले हरेक तहमा आरक्षणको दावी गर्नु संविधानको भावनाको प्रतिकूल हुने भनी निर्णय गरेको हो । एमबीबीएस पास गरेका धनुषाका विनय कुमार पञ्जियारले स्नातकोत्तर तहमा पनि समावेशी कोटा छुट्याउनुपर्ने माग राखी चिकित्सा शिक्षा आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र स्वास्थ्य मन्त्रालयलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए । त्यही मुद्दामा न्यायाधीशहरु…

पुरा पढ्नुहाेस्