फागुन २७,रोल्पा । कृषि उद्यम केन्द्रका सभापति तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले कृषिको उदारिकरण गर्न आवश्यक रहेको बताएका छन् । रोल्पा उद्योग बाणिज्य महासंघको १८ औँ बार्षिक साधारण सभामा सम्बोधन गर्दै सुमार्गीले ९० प्रतिशत नागरिक कृषिमा आधारित भएको कारण राज्यले कृषिमा लगानी बढाउनु पर्नेमा जोड दिए । उनल सहकारीमार्फत कृषिमा लगानी गरेर कृषिको विकास सम्भव रहेको बताए । सुमार्गीले सहकारीमार्फत कृषिमा लगानी गरेर प्रविधिको उच्चतम प्रयोग गरेमात्रै नेपाल उत्पादनमा अघि बढ्ने बताए । उनले कृषि क्रान्तीको लागी सरकारले निजी क्षेत्रसंग मिलेर अघि बढ्न सुझाव दिएका छन्…
Read MoreCategory: कर्णाली प्रदेश
कर्फ्यू आदेश जारी गरेपछि वीरेन्द्रनगर सुनसान !
फागुन १७, सुर्खेत । स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर मंगलबार विहानैदेखि सुनसान बनेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि सोमबार बेलुकादेखि लगाइएको कर्फ्यूका कारण वीरेन्द्रनगर सुनसान बनेको हो । प्रशासनले कर्फ्यू तोड्ने व्यक्तिलाई आवश्यकतानुसार सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने आदेश दिएको छ । मुख्य बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ । कर्फ्यू आदेश जारी भएपछि महाशिवरात्रि पर्वसम्बन्धी आयोजना गरिएका विभिन्न कार्यक्रम स्थगित भएका छन् । यहाँका शिव मन्दिरहरु सुनसान…
Read Moreनेकपा एसको चेतावनीले कर्णाली प्रदेश सरकारमा तरंग
माघ २२, काठमाडौँ । कर्णाली प्रदेश सरकार विस्तार फेरि अन्योलमा परेको छ । तीन मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपा एकीकृत समाजवादीको चेतावनीपछि सरकारमा नयाँ तरंग उत्पन्न भएको हो । नेतृत्व परिवर्तन भएको तीन महिनापछि मुख्यमन्त्री जीवन बहादुर शाहीले भोलि सरकारलाई पूर्णता दिने तयारी गरेका थिए । तर, एकीकृत समाजवादीले गत वैशाख २ को सहमतिअनुसार नै अघि बढ्ने दाबी गरेपछि भोलि मन्त्रिपरिषद् विस्तार नहुने पक्कापक्की भएको हो । सहमतिअनुसार पूर्व–मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएको र जीवनबहादुर शाही मुख्यमन्त्री बनेको स्मरण गराउँदै सहमतिअनुसार तीन मन्त्रालयको दाबी नछोड्ने एकीकृत समाजवादीका…
Read Moreकर्णाली प्रदेश सभामा सर्वसाधारणलाई सहभागि गराइने
माघ १४, काठमाडौँ । कर्णाली प्रदेश सभा सर्वसाधारणका लागि खुला गरिने भएको छ । अबदेखि हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि कर्णाली प्रदेश सभा खोलिनेछ । प्रदेश सभा सचिवालयका अनुसार प्रत्येक महिनाको १५ र २९ गते संसद् खुलाइनेछ । सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । सर्वसाधारणको लागि प्रदेश सभा खुल्ने भएपछि प्रदेश सभा के कस्तो छ र बैठक गर्ने ठाउँ कस्तो हुनछ भन्नेबारे सर्वसाधारण नागरिकले प्रत्यक्षरूपमा अवलोकन गर्न पाउने भएका छन् । देशका सातवटा प्रदेश मध्ये सर्वसाधारण नागरिकलाई संसद अवलोकनको सुविधा लिन लागेको…
Read Moreबाढीपीडितका लागि १२ करोड निकासा
माघ ५, सुर्खेत । कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढीपीडितका लागि १२ करोड रूपैयाँ निकासा गरेको छ । २०७१ साउनमा आएको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाका पीडितको घर निर्माणका लागि उक्त रकम निकासा गरिएको हो । बाढीबाट एक हजार ४५ घरमा पूर्णरूपमा क्षति पुगेको थियो । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गत कात्तिक २९ गते मुगुको छायाँनाथ रारा नगरपालिका–१ गमगढीका आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालयमार्फत ६१ लाख ८५ हजार रूपैयाँ राहत रकम पठाएका छन् । यस्तै दुई करोड रूपैयाँ बराबरको विपद् सामग्री खरिद गर्न बोलपत्र आह्वान गरिएको छ…
Read Moreकर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै
पुस २८,सुर्खेत । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रदेश सभाको नवौँ अधिवेशन आह्वान गरिएको छ । आजको बैठकमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र वाचन गरेर सुनाउने, दलगत धारणा राख्ने र सरकारले ल्याएका विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले जानकारी दिए ।
Read Moreकर्णाली प्रदेशसभा बैठक आह्वान
मंसिर ३, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनका लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले मंसिर १४ गते दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेका हुन् । ‘नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम माननीय मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने प्रयोजनका लागी संविद्यानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको आह्वान गरिन्छ,’ प्रदेश सभा सचिवालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
Read Moreकर्णाली प्रदेश: ६७ प्रतिशत नागरिक अझै टुकीको भरमा जीवनयापन गर्न बाध्य
कात्तिक २५,काठमाडौँ । कर्णाली प्रदेशका ६७ प्रतिशत नागरिक अझै टुकी र सौर्य ऊर्जाका भरमा जीवनयापन गर्न बाध्य छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा ऊर्जा विकास महाशाखाको तथ्याङ्कका अनुसार करिब १८ लाखभन्दा बढी जनसङ्ख्या रहेको कर्णालीमा करिब ३३ दशमलव ३९ प्रतिशत अर्थात पाँच लाख ६१ हजार नागरिक मात्रै विद्युतको प्रत्यक्ष पहुँचमा छन् । बाँकी १३ लाख अर्थात ६७ प्रतिशत नागरिक टुकी र दियालोकै भरमा छन् । करिब १८ हजार मेगावाट विद्युत् उत्पादन क्षमता र सम्भावना रहेको कर्णालीमा पर्याप्त लगानी नहुँदा यहाँका नागरिक अँध्यारोमा बस्न बाध्य भएका छन् । केही…
Read Moreकर्णाली र प्रदेश एकले आज नयाँ मुख्यमन्त्री पाउँदै
कात्तिक १६,काठमाडौँ । कर्णाली र प्रदेश एकले आज नयाँ मुख्यमन्त्री पाउँदैछन् । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गरी आज बेलुका साढे ७ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न आव्हान गरेका छन् । माओवादी केन्द्रका तर्फबाट कर्णालीमा मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले हिजो मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । शाहीको राजीनामापछि कर्णालीमा कांग्रेस नेतृत्वमा सरकार बन्दैछ । ४० जना सांसद रहेको कर्णाली प्रदेशसभा अहिले ३५ सदस्यीय छ । एमालेका चार सांसद कारबाहीमा परेपछि र माओवादी केन्द्रका एक सांसद एमालेमा गएपछि पद रिक्त छ । प्रदेश सभामा बहुमतका लागि…
Read Moreकर्णालीमा नयाँ मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान
कार्तिक १६, काठमाडौँ । कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेका हुन् । प्रदेश सचिव ठाकुरप्रसाद सिग्देलका अनुसार आज साँझ ७:३० बजेभित्र दावी पेश गरिसक्न प्रदेश प्रमुखले समय दिएका छन् । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न भनिएको छ । कर्णालीमा नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने तयारीमा छन् । कांग्रेससँग भएको सहमतिअनुसार नेकपा माओवादी केन्द्रका संसदीय दलका…
Read More