आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना

बैशाख १५, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही देशको बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ्र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका केही…

पुरा पढ्नुहाेस्

इलाम र बझाङमा उपनिर्वाचनका लागि आज मतदान हुँदै

बैशाख १५, काठमाडौँ । इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि आज मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ इलाम २ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयन पत्र दर्ता भएको थियो । स्वतन्त्र उम्मेदवार केशव कुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएपछि बाँकी १९ जनाको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन…

पुरा पढ्नुहाेस्

नेपालले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० प्रतियोगिता खेल्दै

बैशाख १५, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० प्रतियोगिता खेल्दै छ । खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली बुधबार काठमाडौँ आइपुगेको हो । क्यारेबियन टोलीका खेलाडीले शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नियमित अभ्यास पनि गरेका थिए । नेपाल र वेस्ट इन्डिजबिच पाँच खेल टी–२० खेलको शृङ्खला खेलिने कार्यक्रम रहेको छ । शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने…

पुरा पढ्नुहाेस्

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

बैशाख १४, काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसय गरी लक्ष्य पुरा गर्न सफल करिब १४० जना भन्दा बढि बरिष्ठ अभिकर्ताहरुको उत्साहजनक उपस्थितीमा नेपालको पर्यटकिय क्षेत्र घान्द्रुकको भ्रमण गराएको छ । भ्रमण कार्यक्रममा सहभागि भएका बरिष्ठ अभिकर्ताहरुले यस प्रकारको भ्रमण कार्यक्रमबाट देशैभर छरियर रहेका अभिकर्ताहरु बिच चिनजान हुनुका साथै एक आपसको अन्र्तक्रियाबाट धेरै कुराहरु जान्न बुझ्न पाउने अवसर जुराई दिएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए । ३ रात ४ दिन सम्म संचालन गरिएको उक्त…

पुरा पढ्नुहाेस्

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई सम्मानित

बैशाख १४, काठमाण्डौँ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको छ । नेपाल राष्ट्र बैङ्कले आफ्नो ६९ औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९र८० मा रेमिटेन्स कम्पनीहरु मध्येबाट सबैभन्दा बढी २७ दशमलव ५ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा आइएमई लाई सम्मानित गरेको हो । राष्ट्र बैङ्कमा शुक्रवार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललाई प्रशंसा पत्र प्रदान गरे । विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व,सामाजिक आर्थिक सुधार लगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्‍याएकोले प्रशंसा पत्र प्रदान गरिएको राष्ट्र बैकले उल्लेख गरेको छ…

पुरा पढ्नुहाेस्

लक्ष्य अनुसारको काम असार सम्ममा पुरा हुन्छ –मन्त्री महासेठ

बैशाख १४, काठमाण्डौँ । नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिद्वारा आयोजित नववर्ष २०८१ को शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सभाहलमा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।उक्त कार्यक्रमकको प्रमुख अतिथ्यता ग्रहणका क्रममा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले लक्ष्य अनुसार काम समयमा नै सम्पन्न गर्नु पर्ने धारणा व्यक्त गरेका छन् । उनले अगाडी भने – रणनीतिक सडक र पुलमा बजेट अभाव नहुने । साथै अपवाद बाहेक हाल कर्मचारीको सरुवा नहुने भएकोले कार्यक्षेत्र नछोड्न कर्मचारीलाई मन्त्री महासेठले निर्देशन…

पुरा पढ्नुहाेस्

अर्जुन राज खनियालाई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

बैशाख १४, काठमाण्डौँ । यस एन आई सी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका अर्जुन राज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ । सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव संगालेका छन् । सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनियाले सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भएका थिए ।

पुरा पढ्नुहाेस्

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

बैशाख १४, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । रेशमले दायर गरेको सो मुद्दामाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्धय बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले सो आदेश जारी गरेको हो । टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गरेको थियो ।

पुरा पढ्नुहाेस्

उपनिर्वाचनको दिन पनि सार्वजनिक सवारी चल्ने

बैशाख १४, काठमाडौँ । उपनिर्वाचनका दिन पनि सार्वजनिक सवारी साधन सञ्चालन हुने भएका छन् । निर्वाचन आयोगले आज सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो । भोलि इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ ९क० उपनिर्वाचन हुँदैछ । यसअघि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई निर्वाचनका दिन पनि सार्वजनिक सवारी साधन चलाउन निर्देशन दिएको थियो । मतदाताको सहज आवागमनका लागि सार्वजनिक सवारी चलाउन दिइने निर्णय भएको आयोगले जनाएको छ ।

पुरा पढ्नुहाेस्

धरौटी बुझाएर छुटेलगत्तै दीपेश पुन फेरि पक्राउ

बैशाख १४, रुपन्देही । सहकारी प्रकरणमा धरौटी बुझाएर रिहा हुनुभएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन फेरि पक्राउ परेका छन् । आज धरौटी बुझाएर छुटेलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले फेरि पक्राउ गरेको हो । वैशाख ७ गते रुपन्देही जिल्ला अदालतले दीपेशलाई ४ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटी बुझाएर छुट्दा फेरि सुन प्रकरणमा सीआईबीले पक्राउ गर्ने सूचना पाएपछि दीपेश चलाखीपूर्वक धरौटी नबुझाई थुनामै बसेका थिए । तर उले आज धरौटी बुझाएर रिहा भएलगत्तै सीआईबीले पक्राउ गरेको हो । दीपेशको नाम सुन तस्करी प्रकरणमा पनि मुछिएको…

पुरा पढ्नुहाेस्