पाँच महानगरमा मतगणना जारी, कसको कहाँ अग्रता ?

जेठ ७,काठमाडौँ । ६ वटा महानगरपालिकामध्ये विराटनगर महानगरपालिकाको नतिजा सार्वजनिक भइसकेको छ। विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएका छन् । अरु पाँच महानगरपालिकाको मतगणना भइरहेको छ । पछिल्लो परिणाम यस्तो छ,

काठमाण्डौ महानगरपालिका
स्वतन्त्र बालेन्द्र साह: ३१ हजार १५
एमालेका केशव स्थापित: १६ हजार ५ सय २७
कांग्रेसकी सिर्जना सिंह: १६ हजार २ सय २४

उपमेयरमा एमाले सुनिता डङ्गोल २६ हजार ५ सय ७५ मतसहित अग्रस्थानमा कायमै

भरतपुर महानगरपालिका
माओवादी केन्द्रकी रेनु दाहाल: २४ हजार ६ सय ६०
एमालेका विजय सुवेदी: २० हजार ६ सय ६३

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता छ ।

पोखरा महानगरपालिका
एकीकृत समाजवादीका धनराज आचार्य: ३१ हजार ५ सय १७
एमालेका कृष्णबहादुर थापा: २८ हजार २ सय २२

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङको अग्रता छ ।

ललितपुर महानगरपालिका
कांग्रेसका चिरीबाबु महर्जन: २२ हजार ८ सय २०
एमालेका हरिकृष्ण व्यञ्जनकार: १३ हजार १ सय २४

उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्यको अग्रता छ ।

वीरगञ्ज महानगरपालिका
जनता समाजवादी राजेशमान सिंह: २४ हजार ३ सय १६
एमाले विजय सरावगी: १२ हजार ४ सय ८९

उपमेयरमा कांग्रेसका इम्तियाज आलमको अग्रता छ ।

संम्बन्धित समचार

Leave a Reply