वीरगंजमा तिज सांझ कार्यक्रम सम्पन्न

-दिपु वर्णवाल

भाद्र १२,वीरगंज । वीरगंज प्रोमोटर्स एण्ड एडभर्टाइजिङको आयोजनामा शनिबार वीरगंजमा तिज सांझ कार्यक्रम सम्पन्न भएको छ । प्रधायापक एवम् महिला नेतृ डा। सुष्मा तिवारी द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन वीरगंज महानगरपालिकाकाका उप मेयर इम्तियाज आलमले गरेका थिए ।

टिम नेपो पर्साको सह आयोजना र दिगो बिकास महिला तथा ओम्यान स्किल सेन्टरको सहकार्यमा वीरगंजको घण्टाघरस्थित क्लासिक ब्याङक्रिटमा भएको कार्यक्रममा स्थानिय कलकार तथा महिलाहरुद्वारा गित, संगित तथा नृत्य समेत प्रस्तुत गरिएको आयोजक टिमका नितेश बर्णवालले वताए ।

कार्यक्रममा ओम्यान स्किल सेन्टर वीरगंजकी अध्यक्ष चन्चला दास, निखिल ज्वेलर्सका उपेन्द्र सर्राफ, डा। आमिर आलम, पंकज पटेल, प्रेस सेन्टर केन्द्रिय सदस्य निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल, उपाध्यक्ष शम्भु कुमार सुमन लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम संचालन रायन कायस्थले गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply