श्रृजनशील लघुवित्तको आईपीओ भोली बाँडफाँट हुने, करिब ३७ हजारले मात्रै शेयर पाउने

भाद्र २६, काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भदौ १५ गतेदेखि सर्वसाधारणको लागि निष्काशन गरेको शेयर भोली बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल कार्यालय कमलपोखरीमा भोली भदौ २७ गते सोमबार विहान ९ बजे बाँडफाँट हुने भएको हो । कम्पनीले भदौ २३ गते नै प्रिअलमेन्ट सकाएर सोमबार बाँडफाँट गर्ने निर्णय गरेको हो ।

लघुवित्तले भदौ १५ गते देखि १९ गतेसम्म जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ०।५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९० कित्ता शेयरमा मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

संम्बन्धित समचार

Leave a Reply